Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-02-10

Karnali, Dailekh, Narayan, Ward 7

नारायण नपा-७ जार्जेखोलाकी २२ वर्षीया कल्पना थापाले आफू घरमा हुँदाहुँदै २६ वर्षीय पति गणेश खत्रीले रानीवन गाविस-१ एकपाटेकी २१ वर्षीया सीताकुमारी सिंहलाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ २९ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस २ गते बहुविवाह गरेको आरोपमा जेठी पत्नी कल्पना थापाले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सोही सूचनाका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर एकिन्द्रबहादुर खड्काले बताए । उजुरीपछि घर परिवारबाट समेत असहयोग भएको कारण पीडित कल्पना थापा दैलेखकै बडाखोला गाविस-४ बडाखोलास्थित माइती घरमा बस्दै आएको बताएकी छन् ।

0 Comments