Incident Reports

प्रेमीले बोलाएर सामूहिक बलात्कार, भिडियो भयो भाइरल

2017-02-08

Lumbini, Kapilbastu, Mayadevi, Ward 1

(PR) कपिलवस्तुको पकडी गाविस, पकडी बजार किनारमा रहेको सिसौ बगैँचामा एक युवती सामूहिक बलात्कृत भएकी छन्। ७ जना स्थानीय युवाले बलात्कार गरेको भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो। गत माघ २६ गते दिउसो ३ बजेतिर युवाको समूहले पालैपालो बलत्कार गरेको प्रहरीले बताएको छ। उनलाई बगैँचामा बलत्कारका क्रममा नाङ्गै बनाई मोबाईलबाट भिडियो खिचिएको थियो। भिडियो करिब ३० मिनेटको छ। घटनामा संलगन युवा राजनीतिक पहुँचवाला र पैसवाला भएकोले घटनालाई दबाउन खोजिएको अधिकारकर्मी बताउँछन्। १७ वर्षकी ती युवतीको पकडी गाबिस– ४ पिचुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिदसँग प्रेम सम्बन्धमा थिइन्। आफ्नै प्रेमीले डेटिङका लागि बोलाएर सो घटना गराएको प्रहरीको प्रराम्भिक अनुसन्धानले देखाएको छ। बलात्कारपछि धम्की दिएपछि घटनाबारे युवतीले कसैलाई भनेकी थिइनन्। सो हर्कतको भिडियो सार्वजनिक भएपछि घटनाको रहस्य खुलेको हो। भिडियो पकडी बजार हुँदै कपिलवस्तु वरपर भाइरल भएको छ। भिडियाका ५ क्लिपमध्ये प्रहरीले तीन भिडियो हात पारेको छ। सो भिडियोमा ५ जनाले युवतीलाई नाङ्गै बनाई कुटपीट गरको स्पष्ट दृष्य छ। युवतीले आफूलाई छाड्न रोइकराइ गरी अनुनय गर्दा पनि उनीमाथि बलात्कार भएको देखिन्छ। घटना माघ २६ गते को भए पनि माघ २९ गते मात्र प्रहरीले थाहा पाएको थियो। प्रहरीले घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक भोजजंग शाले बताए। सार्वजनिक भिडियोका आधारमा पकडी– ४ पिखुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिद र २६ वर्षे राहत हुसेन पक्राउ परेका हुन्। पीडित युवतीले सामुहिक बलत्कारको किटानी जाहरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। कति जनाविरुद्ध अनुसन्धान भइरहेको भन्ने जानकारी प्रहरीले गोप्य राखिएको छ। घटनापछि पीडित परिवारलाई युवाहरुले धम्की दिएपछि परिवारै भैरहवामा लुक्न गएको थियो। प्रहरीले उनीहरुको खोजवीन गरी भैरहवाबाट झिकाएको हो। फागुन २९ गते प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गराएको थियो। प्रहरी उपरिक्षिक शाहले पीडित युवतीले आफूलाई नाङ्गै बनाएर कुटपटि र गालीगलौज गरेको बताए। माघ २९ गते प्रहरीको सम्पर्कमा अाएकी ती युवती अहिले कहाँ छिन त्यसबारे प्रहरीले कसैलाई जानकारी दिएको छैन। घटनामा संलगन युवा राजनीतिक पहुँचवाला र पैसवाला भएकोले घटनालाई दबाउन खोजिएको अधिकारकर्मी बताउँछन्। इस्को प्रतिनिधि नन्दराम पौडढेल घटना भएको यति दिन बित्दा बल्ल घटनाको सार्वजनिक हुनुले पनि घटना लुकाउन खोजेको देखिएको बताउँछन्। घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत सर्वसाधारणले दोषीमाथि कडा कारवाहीका लागि आवाज उठाएका छन्। युवतीको भारतको लौटन थानमा विवाह भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Jhapa

0 Comments