Incident Reports

धार्मिक महोत्सवबाट फर्केकी किशोरी बलात्कृत, दुर्इ पक्राउ

2017-02-10

Province 1, Morang, Sundarharaicha, Ward 1

मोरङको बेलबारी नगरपालिकामा चलिरहेको धार्मिक महोत्सवबाट अपहरणमा परेकी एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् । घटनापछि प्रहरीले दुर्इजना स्थानीयलार्इ पक्राउ गरेको छ । महोत्सवबाट फर्कंदै गर्दा शुक्रबार राति दुईजना स्थानीय व्यक्तिले किशोरीलार्इ अपहरण गरेको स्थानीयबासीले अनलाइनखबरलार्इ बताए । मोटरसाइकलमा आएका दुई व्यक्तिले राति १० बजेतिर जबरजस्ती मोटरसाइकलमा राखेर एकान्तमा लगी सामूहिक बलात्कार गरेको बेलबारी प्रहरीले बताएको छ । दुईवटा मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले युवतीसँगै रहेका अन्य युवालाई आफूहरु प्रहरी भएको बताउँदै हातपात गरेका थिए । आफूहरु प्रहरी भएको भन्दै युवतीलार्इ लिएर हिँडेका ती व्यक्तिले कोशी हरैचा – ५ बेलेपुरमा अवस्थित एक काठ मिलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राति बलात्कारीहरुले किशोरीलाई काठ मिलमै छाडेर हिँडेका थिए । पीडित किशोरीले फोन गरेर आफन्तलार्इ बोलाएपछि उनको उद्दार भएको थियो । १६ वर्षीया युवतीलाई अपहरणपछि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ४० वर्ष कटेका दुई जना गाउँलेलाई पक्राउ गरेको छ । बलात्कृत चेली बेलबारी निवासी हुन् भने पक्राउ पर्ने दुर्इजना पनि बेलबारीकै बासिन्दा हुन् । बत्लाकारको घटनापछि प्रहरीले बेलबारी–३ का ५२ वर्षीय शम्भु थापा र‘अनिल’ भनिने ४० वर्षीय प्रेम गुरुङलार्इ नियन्त्रणमा लिएको छ । को ९ प ८४४ नम्बरको मोटरसाइकलको नम्बरका आधारमा युवाको पहिचान खुलेको बेलबारी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामजी कटवालका अनुसार थापा र रार्इविरूद्ध जबरजस्ती करणीको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Jhapa , National/Online Media

0 Comments