Incident Reports

AnnapurnaPost: Medical operator killed in Kanchanpur

2017-02-18

Sudurpashchim, Kanchanpur, Mahakali, Ward 9

A medical clinic operator from Dodhara in Kanchanpur has been allegedly murdered by an unidentified group on Saturday evening. The deceased identified as 55-year-old Indian national Bijay Krishnahari, who was residing in Dodhara municipality-7 was attacked with rod and his throat had been split with sharp weapon, said the police. Bijay was operating a medical store at Dodhara since 20 years. The reason behind his murder has not yet been revealed. The dead body of the deceased has been sent for post-mortum. Police are further investigating the case. कञ्चनपुर दोधारामा मेडिकल सञ्चालकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । दोधारा–चाँदनी नगरपालिका ७ बाबाथानमा मेडिकल सञ्चालन गर्दै आएका ५५ वर्षीय भारतीय नागरिक विजय कृष्णहीराको शनिबार राति हत्या गरिएको हो । दोधारा–चाँदनी १० कुतियाकवरनजिक हत्या गरिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले बताए । ‘टाउकोेको पछिल्लो भागमा रड प्रहार गरिएको छ । धारिलो हतियारले घाँटी रेटिएको छ’, उनले भने, ‘जोगबुढा नदीवारि खाली फाँटमा हत्या गरेर छाडिएको छ ।’ शनिबार घर जाने क्रममा उनको हत्या भएको प्रहरी अनुमान छ । उनी हरेक दिन मेडिकल बन्द गरेर आफ्नै घर जाने गरेको प्रहरीले जनाएको छ । ‘शनिबार पनि साँझपख मेडिकल बन्द गरेरै उनी निस्केका रहेछन्’, प्रवक्ता कार्कीले भने, ‘राति १२ बजे मात्रै प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएको हो ।’ प्रहरीका अनुसार उनले मोबाइल फोनसमेत बोक्दैनथे । हत्या गरिएका कृष्णहीरा भारतको पिलिभित जिल्लाअन्तर्गत माधवतान्हा ग्रामका स्थायी बासिन्दा हुन् । उनले विगत २० वर्षदेखि बाबाथान बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए । शनिबार राति नौ बजेसम्म घर नपुगेपछि परिवारले खोज्दै आउने क्रममा जोगबुढा नदीवारि फाँटमा कृष्णहीराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति आठदेखि नौ बजेको समयमा उनको हत्या गरिएको हुन सक्ने प्रहरी अनुमान छ । हत्या किन गरिएको हो भन्ने विषयमा अहिले नै कारण नखुलेको प्रहरीले बताएको छ । ‘हत्याबारे गम्भीर अनुसन्धान अघि बढाइएको छ’, कार्कीले भने । जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान समूहसहित विशेष टोली खटाएर हात्याबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ । हत्या गरिएका कृष्णहीरा भारतको पिलिभित जिल्लाअन्तर्गत माधवतान्हा ग्रामका स्थायी बासिन्दा हुन् । उनले विगत २० वर्षदेखि बाबाथान बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागि दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments