Surendra Kumar Kamati, Siraha Reporter of Mountain Television and News reader of Radio Sahalesh was beaten up by police in Bhaluwahi Chowk in Siraha. He was beaten up while taking picture of a police who was removing banner hanged by supporters of CK Raut in Siraha.
According to Kamati, the police first tried to snatched the mobile and was beaten up for refusing to give. Sekhar Koirala, SP and Police Chief Siraha said that the case is being investigated and the culprit will be punished if found guilty.
सीके राउतका कार्यकर्ताले सडकमा झुण्ड्याएको तुलब्यानर प्रहरीले हटाइरहेको तस्विर खिच्दा सिरहामा पत्रकार कुटिएका छन् ।
माउण्टेन टेलिभिजनका सिरहा सम्बाददाता तथा रेडियो सलहेशका समाचार वाचक सुरेन्द्र कुमार कामती भलुवाही चौकमा प्रहरीबाटै कुटिएका हुन् । डा. सीके राउतका कार्यकर्ताहरुले फ्रि मधेस भनेर सिरहा–चोहर्वा सडक खण्डमा तुलब्यानगर झुण्ड्याएका थिए । प्रहरीले उक्त ब्यानर हटाइरहेको फोटो मोवाइलमा कैद गरेपछि प्रहरीले कुटपिट गरेको पत्रकार कामतीले गुनासो गरे ।
पत्रकार कामती भन्छन्– ‘सुरुमा प्रहरीले माइबाइल खोस्न थाले । मोवाइल खोस्न नदिएपछि प्रहरीले अचानक कुटपिट गर्न थाल्यो ।’ कुटपिट गरेका प्रहरीलाई अनुहारले चिनेपनि नाम थाहा नभएको उनको भनाई छ ।
यता, सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले घटनाबारे जानकारी पाएको बताउँदै कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए । उनले भने– ‘पत्रकारले फोटो खिच्न मिल्छ । कोही प्रहरीले जर्वजस्ती पत्रकारलाई कुटपिट गरेको हो भने कानून बमोजिम कारबाही हुन्छ ।’
उक्त घटनाको घोर भर्तस्ना गर्दै मधेशी पत्रकार समाजले प्रेस विज्ञप्ती जारी गरेका छन् ।