Incident Reports

सप्तरीमा बिहानैदेखि तनाव, व्यापक सुरक्षाकर्मी परिचालन

2017-03-06

Madhes, Saptari, Rajbiraj

सप्तरीको सदरमुकाम राजविराज लगायत विभिन्न ठाउँमा बिहानैदेखि तनाव उत्पन्न भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय गजेन्द्र चोकमा बालेको टायर निभाउन प्रहरी गएपछि प्रहरी र मोर्चाबीच तनाव उत्पन्न भएको हो। प्रहरी र मोर्चाबीच केहीबेर धकेलाधकेल भएको थियो । यसैगरी एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । मोर्चाले गरेको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन । एमालेको अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ । बजारहरु पनि बन्द छन् । साथै मोर्चाले आज बिहान लाठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । डिएपी दानबहादुर कार्कीका अनुसार विभिन्न ठाउँमा सडक अवरुद्ध पार्न खोज्ने केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । मोर्चा कार्यकर्ताले सप्तरीको राजविराज, भारदह र रुपनीमा टायर बालेर सडक अवरुद्ध पारिरहेका छन् । यसैगरी राजविराजमा मधेसी मोर्चाले विरोध प्रदर्शन जारी राखेपछि एमालेले सोमबार हुने कार्यक्रमस्थल समेत परिवर्तन गरेको छ । उसले सदरमुकाम राजविराजको राज रंगशालमा गर्ने भनेको कार्यक्रम सदरमुकाम भन्दा ३ किलोमिटर उत्तरमा रहेको गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा गर्ने भएको छ । यस्तै एमालेले कार्यक्रमस्थल जाने रुट समेत परिवर्तन गरेको छ । एमालेले भारतदहबाट मुख्य राजमार्ग छाडेर हनुमाननगरको बाटो हुँदै राजविराज प्रवेश गर्ने जनाएको थियो । तर, मधेसी मोर्चाले हनुमाननगरमा लाठी जुलुस निकाल्ने योजना बनाएपछि स्थानीय प्रशासनले एमाले नेताहरुलाई हनुमाननगरको बाटो प्रयोग गर्नु जोखिमपूर्ण हुने सझाव दिएको छ । एमालेले अब पूर्व-पश्चिम राजमार्ग हुँदै रुपनी क्षत्रेबाट जाने गरी रुट मिलाएको छ । सम्भावित झडपलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाका अनुसार एमालेले सभा गर्ने सभास्थल, भारदह, रुपनी, सदरमुकाम लगायतका ठाउँमा करिव १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports