Incident Reports

पुल्चोक क्याम्पसमा अनेरास्ववियुका दुई समूहबीच झडप

2017-03-05

Bagmati, Lalitpur, Lalitpur, Ward 10

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत परिणामलाई लिएर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुकै दुई समूहबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ भने केहीलाई पक्राउ गरेको छ । आइतबार क्याम्पस प्रशासनले १८ गते भएको स्ववियु निर्वाचनबाट विजयीहरुलाई बधाई दिन बोलाएको थियो । तर एक्कासी अनेरास्ववियुका दुई पक्षबीच झडप भयो । निर्वाचनमा आफ्नो समूहका उम्मेदवार पराजित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका विद्यार्थीले आफूहरुमाथि आक्रमण गरेको नेपाल खेमाका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । ओली खेमाबाट सभापतिका उम्मेदवार भएका सुदीप चालिसेसहित तीन सदस्य पराजित भएका थिए भने माधव नेपाल खेमाबाट उम्मेदवारी दिएका ओमप्रकाश सचिवमा र प्रदीप न्यौपाने कोषाध्यक्षमा निर्वाचित भएका थिए । ओली खेमाले हार स्वीकार्न नसकेर आक्रमणमा उत्रिएको नेपाल पक्षको आरोप छ । अनेरास्ववियुको गटगत बिभाजनको कारण स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रोशन थापामगर विजयी भएका थिए । दुई खेमाबीच आइतबार क्याम्पस हाताभित्रै हानाहान भयो । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरी केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको लाठी चार्जबाट नेपाल खेमाका विद्यार्थी सुमन केसी घाइते भएका छन् । प्रहरीले ओली खेमाका सुदीप चालिसे, सुशील ताजपुरिया, नविन विष्ट, सुशील ज्ञवाली, सौरभ प्रसाईँ, सुवोध अधिकारी लगायतलाई नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media

0 Comments