Incident Reports

UDMF cadres arrested

2017-03-07

Madhes, Siraha, Lahan

Police here have arrested 13 cadres of UDMF while they were enforcing a market shut down from different places in the district Tuesday morning The arrested are Satya Narayan Yadav, the member of the Federal Socialist Forum Nepal and Krishna Bahadur Yadav, Raju Gupta, Prayag Lal Yadav, Ram Nath Pandit of the UDMF, among others. RSS विरोध प्रदर्शनको नेतृत्व गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ जना नेता तथा कार्यकर्तालाई प्रहरीले मंगलबार सिरहाको लहानबाट पक्राउ गरेको छ । प्रहरीले नेपाल सदभावना पार्टीका सहमहासचिव राजु गुप्ता, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादव, पहिलो मधेस आन्दोलनका कमाण्डर कृष्णबहादुर यादव, प्रयागलाल यादव, वैधनाथ साह, दीपेश यादव लगायत १३ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ । यसअघि मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालय थियो । विहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट कागजपत्र, फर्निचर लगायत सामान सडकमा निकालेर आगजनी गरेका थिए । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मधेसी मोर्चाले आव्हान गरेको बन्दका कारण मंगलबार सिरहामा यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द छन् । मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायत जिल्लाको विभिन्न स्थानमा बिहानैदेखि सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 13
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Siraha

0 Comments