Incident Reports

Teenager Molests Minor Boy

2013-04-28

Madhes, Saptari, Rajbiraj

Saptari/April 29 Family of a 4-year-old boy has filed a complaint against Jay Kishor Goit, 18, of Jamuni Madhepura VDC-2 at the police office on April 29 accusing him of molesting the boy. The family said that locals had found the teenager molesting the boy on April 28 evening. The District Police Office said that family of the victim has demanded action against Jay Kishor. DSP Shyam Singh Chaudhary said that search for Jay Kishore, who fled after the incident, was underway. Medical check-up of the victim was conducted at Sagarmatha zonal hospital in Rajiraj Municipality-3. Manohar Kumar Pokharel सप्तरी । वैशाख १६ गते चार वर्षीय बालकलाई सोही जमुनी मधेपुरा गाविस-२ का १८ वर्षीय युवक जयकिशोर गोइतले यौन दुर्व्यवहार गरेको भन्दै पीडितको परिवारले वैशाख १६ गते प्रहरीमा उजुरी दिएका छन् । आरोपित जयकिशोरले बालकलाई वैशाख १५ गते साँझ जबरजस्ती अप्राकृतिक मैथुन गरिरहेको अवस्थामा स्थानीय गाउँलेले फेला पारेको पीडित परिवारले बताएका छन् । पीडित पक्षले घटनाका आरोपित जयकिशोरलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका आरोपित जयकिशोर अहिले फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता श्यामसिंह चौधरीले बताए । बालकको राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गराइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चौधरीले जानकारी दिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis