Incident Reports

मोर्चा कार्याकर्ताद्वारा राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता चढेको गाडी तोडफोड

2017-03-09

Madhes, Saptari, Rajbiraj, Ward 16

मधेसी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता तथा आयुक्त मोहना अन्सरी चढेको गाडी तोडफोड गरेको छ । गत सोमबार सप्तरीको राजविराजमा भएको घटनामा मृत्यु हुनेको परिवार भेट्न पुगेकी अन्सारी चढेको गाडीमाथि मोर्चा कार्यकर्ताले ढुंगामुढा गरेको हुन्। अन्सारी सहित गाडीमा चार जना सवार थिए । ढुंगामुढा भएपछि अन्सारीलाई प्रहरीले स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ । अहिले सबैजना सुरक्षित छन् । एमालेको मेची-महाकाली जागरणा अभियानमा सोमबार मोर्चा र पुलिसबीच झडप हुँदा चार जना ज्यान गएको थियो । मोर्चाले घटनाको विरोध गर्दै आज पनि सप्तरीमा प्रदर्शन गरिरहेको छ । बुधबार मात्रै मोर्चा कार्यकर्ताले राजविराज–९ स्थित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले यादवको घरमा झुन्डिएको ‘नेमप्लेट’ मा आगजनी गरेका थिए। यस्तै, एमाले सम्बद्ध रहेका योजना आयोगका पूर्वसदस्य कमानन्द देवको घर र विद्यालयमा पनि ढुंगामुढा गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Morang , Local Newspaper - Mahottari

0 Comments

Related Reports