Tek Bahadur Maskey, 39 a resident of Syangja currently living in Butwal Sub metropolitan city -5 Golbazaar, was injured in an attack by group of five unidentified people on March 6 while returning home from radio station.
The victim injured was taken to Lumbini Zonal Hospital for treatment, however received treatment from Pushpa Pharmarcy stating that it would take longer time in Hospital- said locals. His right hand is broken and has sustained injuries in parts of the body.
The victim said- “I was beaten asking if I am one of the candidate in Phoniz District assembly”
The team of Federation of Nepalese Journalists reached to Area Police Office, Butwal on March 7 and filed complaint against the perpetrators to identify them and take legal action.
According to DSP Mukunda Marasini of Area Police Office, the investigation on the incident has been started immediately after receiving complaint.
स्याङ्जा घर भइ बुटवल उमनपा-५, गोलबजार बस्ने रेडियो जागरणका समाचार प्रमुख ३९ वर्षीय टेकबहादुर मास्केलाई मोटरसाइकलमा आएका पाँच जनाको समूहले फागुन २३ गते राति रेडियोमा काम सकेर घर फर्कँदै गर्दा आक्रमण गरी घाइते बनाएका छन् ।
आक्रमणबाट घाइते भएका पीडित पत्रकारको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको भएपनि समय लाग्ने भएको भन्दै स्थानीय पुष्पा फार्मेसीमा गरिएको पीडितले बताए । उनको दायाँ हात भाँचिएको छ भने शरीरका अन्य भागमासमेत चोट लागेको छ ।
फागुन २५ गते हुन लागिरहेको फोनिजको जिल्ला सम्मेलनमा ‘तँ उम्मेदवार हुने हैन ?’ भन्दै आक्रमणकारीले कुटपिट गरेको पीडितले बताए ।
नेपाल पत्रकार महासङ्घको टोली नै पुगेर इलाका प्रहरी कार्यालय बुटवलमा फागुन २४ गते घटनाका दोषीको पहिचान गरी कारबाही गर्न उजुरी दिएको छ ।
उजुरी आए लगत्तै घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।