Morcha cadres staged a baton rally in Lahan today protesting the death of 3 Madhesi people during police firing in Maleth on Monday. The demonstrators chanted the slogans against CPN UML, Home Minister, and Prime Minister Prachanda demanding his resignation.
The rally started from Pashupati Adarsha HSS in Lahan and turned into a corner meet at Sahid Chowk. Addressing the meet, Morcha leaders accused UML of being anti-madhes and responsible for the death of Madhesi people.
Leaders of Naya Shakti Party and Baidya led Maoist party also joined the rally to express their solidarity.
मधेसी मोर्चाले सिरहाको लहानमा लाठी जुलुस प्रदर्शन गरेको छ । जुलुसमा हत्यारा गृहमन्त्रीलाई फाँसी देउ, मधेस विरोधी एमाले मुर्दावाद, प्रधानमन्त्री प्रचण्ड राजीनामा देउ लगाउतका नारा लाग्यो ।
लहानस्थित पशुपति आदर्श उच्च मावि परिसरबाट निकालेको जुलुस शहिद चौकमा आएर कोणसभा गरे । कोणसभामा बोल्दै मधेसी नेताहरु एमाले मधेस विरोधी भएको र एमालेले नै मधेसीको हत्या गराएको आरोप लगाएका छन् ।
मधेसवादी दल र वैद्य नेतृत्वको माओवादीसहितको मोर्चाको जुलुसमा नयाँ शक्ति पार्टी सिरहाका नेताहरु पनि देखिए । नयाँ शक्तिका केन्द्रिय अन्तरिम परिषद सदस्य कौशलेन्द्र रामले मधेसीको अधिकारका लागि आन्दोलनमा समर्थन जनाउन आजको जुलुसमा सहभागी जनाएको बताए ।