Incident Reports

UDMF cadres stage lantern rally in Birgunj

2017-03-09

Madhes, Parsa, Birgunj

Cadres of UDMF staged lantern rally in Birgunj today on the eve of it's nationwide bandh announced for tomorrow protesting against the Saptari incident in which 3 UDMF cadres were killed in police firing. The rally which started from Ghantaghar chowk at 6:00pm in the evening came to an end in a mass assembly at the same place after circling around Maisthan, Adarshanagar, Alkhiyamath, and Ghadiarwa. The mass assembly was addressed by leaders of UDMF said Parsa district chairman of Federal Socialist Forum Party, Pradip Yadav. सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले भोलि आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाइ सपल बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले वीरगन्जमा आज साँझ मशाल जुलुश निकालेको छ । वीरगन्जको घण्टाघर चोकबाट साँझ ६ बजे निस्किएको मशाल जुलुश माइस्थान , आदर्शनगर , अलखीयामठ , घडीअर्वा हुदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाइ मधेसी मोर्चामा आबद्ध मधेसी दलका नेताहरुले सम्बोधन गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए । आज दिउँसो बसेको मोर्चाको बैठकले भोलिको नेपाल बन्दको कार्यक्रमलाइ सफल पार्न वीरगन्जमा आज सँँझ मशाल जुलुश निकाल्ने निर्णय गरेको थियो । यस्तै मोर्चाको बैठकले भोलिको नेपाल बन्दको कार्यक्रमलाइ सफल पार्न सम्पूर्ण कार्यकर्ता र मधेसी जनतालाइ आह्वान पनि गरेको छ । बैठकमा फोरम नेपाल पर्साका अध्यक्ष यादवका साथै सदभावना पार्टीका जिल्ल उपाध्यक्ष अनिरुद्र कलवार, नगर अध्यक्ष ओम प्रकाश सर्राफ , नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष कृष्णा पटेल , राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल , तमलोपाका जिल्ल उपाध्यक्ष हजारी साह , जिल्ला सचिव चन्दन मिश्रा , मधेसी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकीम अन्सारी , तराइ मधेस सदभावना पार्टीका वीरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो । यस्तै बाराको कलैयामा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले आज साँझ मशाल जुलुश निकालेका छन् । कलैयाको भरतचोकबाट निस्किएको मशाल जुलुश नगरका विभिन्न भागको परिक्रमा पछि पुन भरतचोकमै फर्किएर समापन भएको तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments