Incident Reports

महोत्तरीको पिपरामा किशोरीको रहस्यमय मृत्यु

2017-03-08

Madhes, Mahottari, Pipra

महोत्तरी जिल्लाको पिपरा गाविसमा बुधबार बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको समाचार छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएअनुसार मृत्यु हुनेमा पिपरा ५ बस्ने राजेन्द महासेठकी छोरी १७ वर्षीया काजल कुमारी महासेठ रहेकी छिन् । प्रहरी नायव उपरीक्षक दिपक पोखरेलका अनुसार किशोरी महासेठ मंगलबार राति खाना खाएर सुत्न गएकीमा बुधबार बिहान उनको शव झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाभन्दा छेउको कोठामा देखिएको छ । किशोरी महासेठको घाँटीमा सलको पासो लागेको तथा उनी आफ्नो सुत्ने कोठामा नभई छेउको कोठामा झुन्डिएको अवस्थामा फेला परेकाले प्रहरीले किशोरीको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटना रहस्यमय भएको भन्दै किशोरी महासेठको मृत्युको कारणबारे स्पष्ट हुन सकेको छैन भने उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari , Local Newspaper - Mahottari

0 Comments