Normal life around Nepalgunj was partially affected due to bandh called by UDMF on Tuesday against the CPN UML's campaign in Tarai.
UDMF has called for the locals not to participate in UML's campaign. Cadres of UDMF staged demonstrations in Southern part of the district to obstruct local UML cadres from participating in the program. A local UDMF leader, Istiyak Rai said that they were forced to obstruct UML's campaign as it was being organized to show UML's power and provoke madhesi people.
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई लक्षित गर्दै मधेसी मोर्चाले मंगलवार आह्वान गरेको नेपालगञ्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानैदेखि बन्दको आंशिक प्रभाव देखिएको छ ।
मोर्चाले एमालेको अभियान र नेपालगञ्जको जनसभामा सहभागी नहुन बाँकेका स्थानीय समुदायलाई अपिल गरेको छ ।
एमालेको सभामा मान्छे आउन नदिन दक्षिणी क्षेत्रका सडकमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दैछन् । एमालेले हठ देखाएर जबर्जस्ती नेपालगञ्जमा शक्ति प्रदर्शन गर्न खोजेकाले अवरोध गर्नुपरेको मोर्चाका नेता इस्तियाक राईले अनलाइनखबरलाई बताए ।