Incident Reports

Woman Files Complaint against Husband

2013-04-30

Lumbini, Rolpa, Madi

The victim registered the case after she was severely injured by her husband Ganesh Gharti, 21, on April 27. She received four stitches in the wound she sustained in the beating by Ganesh. Her husband, who is a staff at Nepal Telecom, attacked her with split firewood. The victim has sought divorce and property share. Though she had reached an agreement with husband some time ago after she filed complaints at police office, he against beat her in inebriated condition. The couple has a 4-year-old daughter. Dharendra Dangi रोल्पा । वैशाख १८ गते पटक पटक आफूमाथि हिंसा गर्दै आएको भनी घर्तीगाउँ गाविस-२ गल्सुकाकी २० वर्षीया जुनमाया घर्तीले पति विरुद्धमा जिल्ला अदालतमा उजुरी दिएकी छन् । घर्तीगाउँ गाविस-२ का २१ वर्षीय गणेश घर्तीले ०७० वैशाख १४ गते दिउसो निर्घात रुपमा कुटपिट गरी गम्भीर घाइते भएपछि जुनमायाले पतिका विरुद्धमा वैशाख १७ गते जिल्ला अदालत रोल्पामा उजुरी दिएकी हुन् । पतिको कुटाइबाट उनको निधारमा ४ वटा टाँका लगाइएको छ भने खुट्टामा समेत चोट लागेको छ । नेपाल टेलिकममा कार्यरत उनका पति गणेशले चिरपटको दाउराले हानी घाइते बनाएका हुन् । २०६५ सालमा विवाह गरेकी पीडित जुनमायाले सम्बन्ध विच्छेद र अंशवण्डाको लागि अदालतमा उजुरी दिएकी हुन् । यसअघि पनि पटक पटक कुटपिट गर्दै आएकोले न्यायका लागि प्रहरी कार्यालय र गाउँमा रहेको जान्नेबुझ्ने कहाँ उजुरी दिएकी थिइन् । पहिले केही समयमा मिलापत्र गरेपनि जाँडरक्सी खाएर कुटपिट गर्दै आएको पीडित जुनमायाले बताइन् । उनको ४ वर्षीया छोरी रहेकी छन् । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis