Incident Reports

अपहरणमा संलग्न प्रहरीसहित चार पक्राउ

2017-01-14

Bagmati, Kathmandu, Kathmandu

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगार व्यवसायी अपहरण गरी फिरौती मागेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । फागुनयता राजधानीमा भएको अपहरणको यो तेस्रो घटना हो । अनौठो त के भने, अपहरणको पछिल्लो यो घटनामा दुईजना प्रहरीकै संग्लनता देखिएको छ । धुम्बाराहीमा टाइगर ओभरसिज प्रालिका सञ्चालक बद्री राईलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी हुँ भन्दै कुमार भन्ने राजकुमार गुरुङसहितको टोलीले अपहरण गरेको थियो । अपहरणमा पर्नुअघि राईलाई सुन तस्करीमा संग्लन फुर्पा शेर्पा नाम गरेको व्यक्ति कहाँ छ भन्दै फोनमार्फत बारम्बार धम्की आइरहेको थियो । अपहरणपछि राईलाई अपहरणकारीले सिनामंगलको बाजेको सेकुवामा पुर्‍याएका थिए । अपहरणकारीले २ लाख ३० हजार नगदै लिएका थिए भने २५ लाख र १ करोड रुपैयाँको चेकमा हस्ताक्षर गर्न लगाएका थिए । अपहरणको आरोपमा प्रहरीले राजकुमार गुरुङ, अर्जुनबहादुर लामा, संवत तामाङ र सूर्यबहादुर थापालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी गुल्म मेचीमा दरबन्दी भएका संवत अपराध महाशाखा अन्तर्गत प्रहरी वृत्त गौशालामा कार्यरत सई हुन् भने सूर्य महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत जवान । २१ फागुनमा प्रहरीले अपहरणकारी चार युवालाई पक्राउ गरेको थियो । साढे ६ लाख रुपैयाँ फिरौती रकम लिएर अपहरणकारीले विशाल तामाङ, नाङडुङ तामाङ र मन दोर्जे तामाङलाई मुक्त गरेलगत्तै सादा पोसाकका प्रहरीले कारबाही थालेका थिए । १३ फागुनमा काठमाडौंको न्यूरोडबाट दिउँसै व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेका थिए । अग्रवाललाई उनकै पसलमा कार्यरत २१ वर्षीय युवतीले सुन्धाराको एक लजमा पुर्‍याएर अपहरण गरेकी थिइन् । युवतीको कुरा पत्याएर लजमा पुगेका अग्रवाललाई त्यहाँ रहेका अन्य दुई युवाले बाँधेर राखेका थिए । अग्रवालबाट १५ लाख रुपैयाँको चेक फुत्काएपछि अपहरणकारीले उनलाई कोठामै छाडेर रकम साटन हिडेका थिए । त्यही बेला अग्रवालले मोबाइलमार्फत आफू अपहरणमा परेको सूचना परिवारका सदस्यलाई दिएपछि महाशाखाले उनलाई होटलबाट मुक्त गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports