Incident Reports

ASI Arrested on Rape Charge

2013-04-30

Biratnagar/May 1 A 42-year-old woman of Taplejung has filed a case against Assistant Sub-inspector (ASI) Kamal Rai of temporary police post in Suketar airport at the District Police Office (DPO) on April 28, accusing him of raping her. According to the victim, locals had handed her and her brother-in-law Bhupendra Gurung to the police post in Suketar airport on charge of having illicit relationship on April 27. She said that SI Rai raped her at around 10 pm the same day she was handed over to the police post. The DPO said that the women, her brother-in-law Gurung and ASI Rai were brought to the district headquarters or investigation. DSP Govind Acharya of the DPO said that investigation had begun into the incident after suspending Rai on April 30. INSEC Eastern Regional Office ताप्लेजुङ । वैशाख १८ गते दोखु गाविस-७ की एक ४२ वर्षीया महिलाले आफूलाई सुकेटार विमानस्थलस्थित अस्थायी प्रहरी चौकीका असई कमल राइले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ०७० वैशाख १५ गते उजुरी दिएकी छन् । घटना विवरण अनुसार पीडित महिलाको गाउँमा नाताले देवर पर्ने भुपेन्द्र गुरुङसँग अनैतिक सम्बन्ध भएको भन्दै गाउँहरूले पीडित र उनका देवरलाई सुकेटार विमानस्थलस्थित अस्थायी प्रहरी चौकीमा वैशाख १४ गते बुझाएका थिए । गाउँलेहरूले पीडित र उनका देवरलाई प्रहरीमा बुझाएपछि पीडितलाई आरोपत राईले आफूलाई राति १० बजे बलात्कार गरेको पीडितले बताएकी छन् । पीडित महिला, उनका देवर गुरुङ र असई राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई वैशाख १५ गते सदरमुकाम फुङलिङ ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले वैशाख १७ गते असई राईलाई निलम्बन गरी १५ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द आर्चायले बताए । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर

0 Comments

Related Reports
Related Trend Analysis