Incident Reports

तोडफोड आरोपमा ४ जना पक्राउ

2017-03-07

गुन्डागर्दी गरेको आरोपमा प्रहरीले चितवनको सौरहाबाट ४ जना पक्राउ गरेको छ । सौराहाको पहिलो डान्स बार लायन्स डेनमा तोडफोड गरेको आरोपमा ३ जना र उक्त डान्स बारका सुरक्ष्या गार्ड एकजना सहित ४ जना पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । पक्राउ पर्नेमा खैरहनी नगरपालिका-१ बस्ने निकेस भण्डारी, सोहि ठाउं बस्ने सुमन डल्लाकोटी , खैरहनी नगरपालिका -९ क सिताराम डल्लाकोटी र डान्स बारका सुरक्ष्यागार्ड भरतपुर - ११ क दसरथ श्रेष्ठ रहेको थापाले जानकारी दिए । सुरक्ष्या गार्ड समेत झगडामा संलग्न भएपछि उनलाई पनि नियन्त्रणमा लियिएको प्रहरीले जनाएको छ । प्रहरीले झगडामा संलग्न व्यक्तिहरुबाट ८३०९ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई गुन्डागर्दी ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments

Related Reports