Incident Reports

RPP cadres protest against Election Commission's decision, burn election commissioner's effigy

2017-03-19

Province 1, Jhapa, Birtamod

The Rastriya Prajatantra Party - RPP has started an agitation against the decision of the Election Commission to delete the section on Hinduism and Constitutional Monarchy from the charter of the party. RPP on Sunday evening staged demonstrations carrying lantern in different places of Jhapa in protest of the Election Commission's decision. During the demonstrations RPP cadres chanted slogans in favour of Hinduism and Constitutional Monarchy and against the Election commission. According to General Secretary of RPP, Rajendra Lingden, the demonstration was carried out in Mechinagar, Bhadrapur, Jhiljhile, Gauradaha, Kankai, Pathariya and Gherawari. The RPP cadres also torched an effigy of Chief Election Commissioner Ayodhi Prashad Yadav in Birtamod. निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन शुरू गरेको छ। निर्वाचन आयोगको निर्णय विरुद्ध आईतवार साँझ राप्रपाले झापाका अधिकांश ठाउँमा पुल्ठे जुलुस निकालेर प्रदर्शन गरेको छ । निर्वाचन आयोग मुर्दावाद, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद, हिन्दू एकता जिन्दावाद, संवैधानिक राजतन्त्र जिन्दावादलगायतका नारा लगाउँदै पुल्ठे जुलुस निकालिएको हो। राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, झिलझिले, गौरादह, कन्काई, पथरिया , घेरावारीलगायतका स्थानमा पुल्ठे जुलुस निकालिएको हो। विर्तामोडमा राप्रपाका कार्यकर्ताले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको पुत्ला दहन गरेका छन्। सो कार्यक्रममा राप्रपाका महामन्त्री लिङ्गदेनले सम्बोधन गरे। कोण सभामा बोल्दै महामन्त्री लिङ्गदेनले निर्वाचन आयोगलाई राप्रपाको विधानबाट राजासहितको हिन्दु राष्ट्र हटाउन पाउने अधिकार नभएको बताए। उनले भन,‘निर्वाचन आयोगले निर्वाचन गराउने माहोल विथोल्न बखेडा झिकेको छ आफ्नो अधिकार भन्दा बाहिर गएर कुनै पनि राजनितिक पार्टीको विधानमा भएको मुख्य मुद्दा चलाउन निर्वाचन आयोग लाई अख्तियारी छैन।’ यता शिवसताक्षी नगरको थेचम्वु चोकबाट शुरु भएको जुलुससहितको पुल्ठो २ सय मिटर पार गर्न नपाउदै प्रहरीले खोसेर निभाएको छ। ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरीले पुल्ठो खोसेर निभाउन थालेपछि पार्टीका कार्यकर्ताले सरकार विरुद्ध पनि चर्का नारावाजी गरेका थिए। सरकार विरुद्ध नारामा आक्रोश पोख्दै झिलझिले बजारमा आएर जुलुस कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई राप्रपाका जिल्ला सदस्य उमानाथ दाहाल, जिल्ला परिषद सदस्य घनस्याम मैनाली शिवसताक्षी नगर अध्यक्ष रामवहादुर श्रेष्ठले सम्बोधन गरेका थिए। पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा निर्वाचन आयोगले विना कारण हटाइदिएको भन्दै तत्काल आयोगले निर्णय नसच्याए सडक चर्काउने धम्कि उनीहरूले दिए। उनीहरुले भने राप्रपा सरकारमा गयो भनेर निर्वाचन आयोगले जे गर्दा पनि हुन्छ भन्ने सरकारले ठानेको भए त्यो आफ्ना पार्टीका लागि दुर्भाग्य हुन्छ। ‘राप्रपा सरकारमा सहभागी हुनु भनेको निर्वाचनको माहोल बनाउन मात्र हो,’ नगर सभापति श्रेष्ठले भने, ‘गलत निर्णय नसच्चिए सरकार छाडेर राप्रपा सडकमा आउँछ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments