Cadres of CPN-Maoist-Centre-aligned student wing, ANNISU-R, and CPN-UML-aligned student wing, ANNFSU, clashed at Amrit Science College (ASCOL), at Lainchaur, Kathmandu, on Monday. Kamal Raj Joshi of ANNFSU was seriously injured after being struck by hammer by ANNISU-R cadres. He is undergoing treatment at Teaching Hospital in Maharajgunj.
According to Metropolitan Police Circle Lainchaur, around 50 ANNISU-R cadres led by Khyam Bahadur Singh had attacked Joshi, a BSc 3rd Year student, at the hostel of ASCOL college. Police have arrested Ramesh Khanal in connection with the incident. DSP Somendra Singh Rathaur also informed that complaint against 4 persons were lodged at the police in connection with the incident.
अमृत साईन्स क्याम्पस (अस्कल)को छात्राबासमा सोमबार दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको छ। अखिल क्रान्तिकारीका विद्यार्थीले अखिलका कमलराज जोशीलाई हम्मरले प्रहारगर्दा उनी गम्भिर घाईते भएका छन्। घाईते जोशीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भै रहेको छ।
महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार सोमबार बिहान साढे एघार बजे क्रान्तिकारीका ख्यामबहादुर सिंहको नेतृत्वमा पचासजनाको टोली छात्राबासमा पुगेर जोशी उपर आक्रमण गरेको थियो। बीएससी तेस्रो वर्षका जोशीलाई हम्मर प्रहार गरेको आरोपमा प्रहरीले रमेश खनाललाई पक्रेको छ।
वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले पटक–पटक दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच क्याम्पसमा झडप भै रहेको बताए। उनका अनुसार सोमबारको घटनामा चारजना बिरुद्ध किटानी जाहेरी प्रहरीमा परेको छ। ‘जाहेरीमा उल्लेख भएकामध्ये एकजनालाई पक्रेका छौ, झडपको कारण थाह भएन तर पटक पटक भिडिरहेका छन,’ राठौरले भने।