Incident Reports

Domestic helper raped; family of victim faces pressure to reconcile

2017-03-18

Bagmati, Kathmandu, Kathmandu

16-year-old girl from Doti who was working as domestic helper for a family from Dadeldhura, currently residing at Baneshwor has registered complaint against her employer of frequently raping her since past 1 and half years. The complaint was registered on March 10. According to the police, accused is a businessman and the victim was brought from Doti by his mother luring to give her education and help her go abroad. The victim's family has been facing pressure to reconcile with the perpetrator. However, victim's father who had come to Kathmandu after the incident wants to take his daughter back with him. घरेलु कामदारका रूपमा काम गर्दै आएकी एक किशोरी पटकपटक यौनहिंसाको सिकार भएकी छन् । काठमाडौं बानेश्वरको एक सरकारी स्कुलमा कक्षा ९ पढदै गरेकी १६ वर्षीया किशोरीमाथि घरधनीबाट बारम्बार बलात्कार भएको हो । पछिल्लो डेढ वर्षदेखि आफूमाथि बलात्कार भएको भन्दै किशोरीले प्रहरी बृत्त बानेश्वरमा २७ फागुनमा उजुरी गरेपछि घटना बाहिर आएको हो । डोटीकी ती किशोरीलाई डडेल्धुराका एक व्यक्तिले घरेलु कामदारका रूपमा काठमाडौं ल्याएका थिए । घरका सदस्यहरू नभएका बेला बारम्बार बलत्कार गर्ने गरेको ती किशोरीले प्रहरीलाई बताएकी छिन् । आफूमाथि भएको यौनहिंसाबारे किशोरीले स्कुलका साथीहरूलाई बताएकी थिइन् । साथीहरूले विद्यालयका शिक्षकलाई बताएका थिए । शिक्षक र साथीहरूकै अनुरोधमा किशोरीले प्रहरी वृत्तमा आफू काम गर्ने घरका मालिकविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार पत्नी, छोरा र आमासहित काठमाडौं बस्ने पीडक विभिन्न व्यवसायमा संग्लन छन् । पीडककी आमाले पढाइदिने र विदेश पठाइदिने भन्दै २ वर्षअघि ती किशोरीलाई काठमाडौं ल्याएकी थिइन् । किशोरीले काठमाडौं आएको तेस्रो महिनादेखि नै घरमालिकबाट बारम्बार बलत्कार भएको प्रहरीसामु बताएकी छिन् । बानेश्वर प्रहरी बृत्तका डीएसपी नारायण चिमोरियाले किशोरीको स्वास्थ्य परीक्षण भइसकेको र अनुसन्धान जारी रहेको बताए । तर, उनले अनुसन्धान कुन चरणमा पुगेको छ र यसको निष्कर्ष कहिले आउँछ भन्नेबारे केही बताएनन् । उजुरीलगत्तै बानेश्वर वृत्तले पीडकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । डीएसपी चिमोरियाले अनुसन्धान भइरहेको विषयमा धेरै बोल्न नमिल्ने बताउँदै भने, ‘म्याद थप गरी अनुसन्धान गरिरहेका छौं । केही दिनमा सबै कुरा बाहिर आउँछ ।’ स्रोतका अनुसार बलात्कारको यो मुद्दा मिलाउन किशोरीको परिवारमाथि ठूलो दबाब छ । घटनापछि राजधानी आएका किशोरीका बाबुले छोरी लिएर घर फर्किन खोजिरहेका छन् । केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले बालिका मानसिक रूपमा अत्यन्तै कमजोर रहेको र न्यायको पहलमा केही अवरोध भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments