Incident Reports

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

2017-03-12

Lumbini, Rupandehi, Sainamaina

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका फरार आरोपित सैनामैना नपा-१ का २६ वर्षीय डम्बरबहादुर सुर्यवंशी, १७ वर्षीय बालक दुई जना, १९ वर्षीय सुमन सिजापति, २४ वर्षीय सुरेश बिक र २८ वर्षीय श्यामबहादुर थापा लाई रुपन्देही प्रहरीले चैत ९ गते सैनामैना नपा-४ बनकट्टाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले फागुन २९ गते सामूहिक बलात्कार गरेको आरोपमा आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालयमा फागुन ३० गते उजुरी दिएकी थिइन् । पीडित बालिकाको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई माधव भण्डारीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rupandehi

0 Comments