Incident Reports

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

2017-03-27

बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् । आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी, भारत नामको पर्चा छरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। गुड भिजन पार्टी, भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पद्मबहादुर बिष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ । घटनाका बिषयमा अनुसन्धान सुरु भएको र उक्त घटनामा संलग्नको खोजी कार्य सुरु भएकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालय भवनमा आगजनी हुँदा विद्यार्थीलाई भने पठनपाठनको समस्या भएको छ । यसबारे बुझ्न पुरघाट प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports