Incident Reports

श्रीमती र छोरामाथि खुकुरी प्रहार

2017-03-28

Bagmati, Nuwakot, Bidur, Ward 6

विदुर नगरपालिका-६ चारघरे मांद्रेढुंगाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । अत्याधिक मादक पदार्थ सेवनगरी मंगलबार बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुवैको अवस्था गम्भीर भएको छ । खुकुरी प्रहारबाट ४४ वर्षकी राममायाको टाउको र हात गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ । आमालाई बाबुले खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा खुकुरी प्रहार गरी घाइते बनाएको 'जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए। 'अत्यधिक मादक पदार्थ सेवन गरी मध्यरातमा घर पुगेका यमलालले राममायाको ज्यान लिने उद्देश्यले टाउको र घाँटीमा खुकुरी प्रहार गरेको देखियो ।' डिएसपी कँडेलले भने 'छेक्न गएपछि छोरालाई पनि टाउको र घाँटीमा खुकुरी प्रहार गरी गहिरो चोट लागेको छ ।' यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 1
Local Newspaper - Chitwan , INSEC , Local Newspaper - Parsa , National/Online Media , Local Newspaper - Saptari

0 Comments