Incident Reports

21 year old found dead in a suspicious condition

2017-03-21

Madhes, Parsa, Birgunj

21-year-old Rina yadav, residence of Shripur was found dead in her rented room in a suspicious condition. According to the owner of the house, the door of the house and her room was opened when he reached his home after finishing his night duty. The dead body of the deceased has been sent to zonal hospital for post-mortum. update................................ Police has arrested a youth named Sailendra Yadav, residence of Bahuari on charge of murder of Rina Yadav. According to the police, Yadav was arrested on the basis of call details between the two. Further investigation to the case has been proceed. विरगंजको श्रीपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। सेढवा ४ का हरिनारायण यादवकी २१ वर्षीय छोरी रिना यादव श्रीपुर स्थित डेरामा मृत अवस्थामा फेला परेकी हुन्। श्रीपुर स्थित कृषि अनुसन्धान तालिम केन्द्र नजिकै रेनुका घिमिरेको घरमा डेरा गरि बस्ने रिनाको मृत्यु शंकास्पद रहेको प्रहरीले जानेको छ। एडभान्स मेडिकल अस्पतालमा कार्यरत घरधनी घिमेरे नाइट डिउटी सकेर विहान घर पुग्दा घरको ढोका लगायत सबै खुला रहेको र रिनाको कोठा पनि खुलै देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो। शवलाई परिक्षण लागि नारायणी उपक्षेत्रिय अस्पतालमा रखिएको प्रहरीले जनाएको छ । update........ सेढवा–४ निवासी हरिनारायण यादवकी १८ वर्षीया छोरी रिना यादवको हत्याको आरोपमा पर्सा प्रहरीले एकजना युवकलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा ड्राइपोर्ट बहुअरी निवासी शैलेन्द्र यादव रहेको प्रहरी उपरीक्ष्Fक गोविन्दकुमार साहले जानकारी गराए । मृतक यादव र पक्राउ परेका यादवबीच दैनिक फोन सम्पर्क र भेटघाट हुने गरेको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार कल डिटेल प्राप्त भइसकेको छ । एसएमएस डिटेल आएपछि घटनाको पुष्टि हुनेछ । मृतक रिना आफ्नै कोठामा झुन्डिएको र डोरी कसले काटेर ओछ्यानमा सुताएको भन्ने विषयमा अहिलेसम्म पुष्टि हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार रिना आप्mनी दिदीको अमेरिकामा बस्दै आएका देवरसँग बिहेको कुराकानी चल्दै आएको र रिनाले पनि मन पराएको तथा रिनाका प्रेमी यादवसमेत रहेको प्रहरी स्रोतबाट बुझिएको छ । चैत ८ गते मङ्गलवार बिहान श्रीपुर निवासी रेणुका घिमिरेको घरमा भाडामा बस्दै आएकी रिनाको मृत अवस्थामा शव बरामद भएको थियो । घरधनी घिमिरे स्वास्थ्यकर्मी रहेकी र सो दिन राति एडभान्स मेडिकेयर हस्पिटलमा रात्रि ड्युटी सकाएर बिहान घर पुग्दा घटना सार्वजनिक भएको थियो । घटना भएको राति सो घरमा कोही थिएन । प्रत्यक्ष्Fदर्शीका अनुसार घटनाको राति एकजना मोटरसाइकलमा आएको आवाज सुनिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका यादव घटनामा संलग्न देखिएको र उनीविरुद्ध अनुसन्धान शुरु भएको बुझिएको छ । केटाले केटीलाई मन पराएको तथा केटीले अमेरिकामा बस्दै आएका दिदीको देवरलाई मन पराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments