Incident Reports

Woman found dead near river

2013-05-08

Morang, May 8 Woman found dead near Kesaliya river. Police found the dead body of woman on May 8. Police is suspecting murder. मोरङ । वैशाख २५ गते विराटनगर उमनपा-७ रामपुरनजिक केसलिया खोलामा प्रहरीले अज्ञात महिलाको लास ०७० वैशाख २५ गते फेला पारेको छ । ती महिलाको हत्या गरेर खोलामा फालेका प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले ३०/३५ वर्षीया ती महिलालाई हत्या गरेर फालेको प्रारम्भिक अनुसन्धानबाट आशंका गरिएको बताइन् । प्रमुख कार्कीका अनुसार, लास खोलाको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । लासलाई खोलाबाट झिक्नासाथ नाकबाट रगत बगेको थियो । लासको प्रकृति हेर्दा आजै बिहान हत्या गरेको अनुमान गर्न सकिन्छ । स्थानीयवासीहरूले बिहान ९.०० बजे लास देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलभन्दा पाँच सय मिटरको दूरीमा मानिसको बसोबास रहेको छ । लासको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । लासको सनाखत हुन सकेको छैन । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis