Incident Reports

CIAA arrests land surveyor with bribe । घूससहित सर्वेक्षक पक्राउ ।

2017-04-02

Madhes, Dhanusha, Janakpur

The Commission for Investigation of Abuse of Authority (CIAA) has arrested a land surveyor from Land Revenue Office, Mahendranagar, Dhanusha, along with the bribe on Sunday. The Bardibas Regional Office of the CIAA arrested surveyor Krishna Joshi with Rs 30,000 as bribe. A team led by Superintendent of Police, Raj Kumar Lamsal, arrested Joshi, for he had taken the kickback from a service seeker in return of service delivery- updating the ownership of land. नापी कार्यालयका नापी सर्वेक्षक रामलोचन ठाकुर २२ हजार रुपैयाँ घूससहित मंगलबार पक्राउ परेका छन् । सेवाग्राहीसँग लिएको घूससहित उनलाई अख्तियार क्षेत्रीय कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । यसअघि टोलीले गत आइतबार उक्त कार्यालयका अमिन कृष्ण जोशीलाई ३० हजार घूससहित पक्राउ गरेको थियो । हाल धनुषामा जारी गाउँ ब्लक जग्गा नापीका क्रममा पूर्वी धनुषाको धवौली ८ (हाल सहिदनगर नगरपालिका ७) स्थित नापी क्याम्पमा खटेका सर्वेक्षक ठाकुरलाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ । जग्गा नापीका क्रममा एकराही गाविस ७ का रामलाल दासले एकराही गाविस १ मा रहेको आफ्नो नामको तीन कित्ता जग्गा एउटै कित्ता कायम गरिदिन आग्रह गरेका थिए । यसरी कानुनसम्मत हकदाबी गरे पनि नापी सर्वेक्षक ठाकुरले दाससँग घूस मागेका थिए । आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयका प्रहरी उपरीक्षक जयकुमार लम्सालका अनुसार दाससँग लिएको २२ हजार घूससहित अख्तियारको टोलीले सर्वेक्षक ठाकुरलाई पक्राउ गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis