Incident Reports

Woman kills husband in Itahari

2017-04-03

Province 1, Sunsari, Itahari

A woman under the influence of alcohol in Itahari has killed her husband by striking him with lumber in Itahari on Monday morning. Police investiations revealed that 40-year-old Binda Chaudhary of Itahari-4 killed her husband 30-year-old Uttam Parajuli. Uttam died on the way while being taken to Nobel hospital in Biratnagar for treatment after suffering serious injury due to Binda's attack. According to reports, Binda who had been drinking since early morning on Monday ran into a dispute with her husband Uttam. In a fit of rage Binda hit Uttam on the head with a wooden lumber due to which he sustained serious injury. The duo reportedly used to fight almost daily. Binda was Uttam's second wife. मदिराले मातेकाे झोकमा झगडा गर्दा इटहरीकी एक महिलाले लोग्नेलाई चिर्पटले हानेर हत्या गरेको खुलेको छ । इटहरी वडा नं. ४ मा बस्ने ४० वर्षीया बिन्दा चौधरीले लोग्ने ३० वर्षीय उत्तम पराजुलीलाई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । बिन्दाले उत्तमलाई सोमबार बिहान चिर्पटले हानेकोमा उपचार गर्न विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाअनुसार, बिन्दा र उत्तमले सोमबार बिहानै मदिरा पिएका थिए । मदिरा पिएपछि दुवै जनाबीच विवाद भएको थियो । त्यही झोकमा चिर्पटले बिन्दाले टाउकोमा हान्दा उत्तम घाइते भएका थिए । घाइते उत्तमलाई बिन्दाले उपचारका लागि विराटनगरको नोवेल अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बिन्दा र उत्तमबीच प्रायः दिनहुँजसो झगडा हुने गथ्र्यो । बिन्दा मृतक उत्तमकी कान्छी श्रीमती हुन् । जेठी श्रीमती सात महिनाअघि विदेश गएपछि बिन्दालाई उत्तमले विवाह गरेको खुलेको छ । जेठी श्रीमती विदेश गएपछि इटहरी वडा नं. ५ घर भएका उत्तमले घर छाडेर बिन्दासँग इटहरी वडा नं. ४ मा भुवनाबी दुलालको घरमा डेरा लिएर बस्दै आएका थिए । विन्दाले दस बर्षअघि विवाह गरेको श्रीमान त्यागेर इटहरीमै बस्दै आएकोमा कात्तिकमा दोस्रोपटक विवाह गरेकी हुन् । उत्तमले दोस्रो विवाह गरेपछि घरपरिवारसँगै आफन्तको सम्पर्कमा नभएको आफन्तले जनाएका छन् । आफन्तले मृत्युभएपछि मात्र जानकारी पाएको पत्ता लागेको छ । प्रहरीले बिन्दालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। उनले चिर्पटले हानेको स्वीकार गरेको प्रहरीले जनानएको छ । ‘पोष्टमार्टम रिपोटमा पनि टाउँकोमा रगत जमेकाले गर्दा मृत्यु भएको उल्लेख गरिएको छ र बिन्दाले पनि सहजै स्वीकार गरेकी छन्,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments