Incident Reports

Constable accuses senior officer of harassment

2017-04-02

Karnali, Dailekh, Dullu

A woman constable of the Nepal Police in Dailekh district has filed a harassment complaint against her senior officer. Rekha Kunwar of the Naumule Area Police office, currently deployed at the District Police Office for the ongoing recruitment of the temporary police, filed a harassment complaint demanding action against DSP Kedar Rajaure. Kunwar has filed the complaint at the Bheri Zone Police Chief Office attributing to the Mid-Western Regional Police Chief and Police Headquarters Women and Children Cell. “The DSP grabbed me by the hair and hit me behind my neck even when I had done nothing wrong,” reads the complaint, “There was no reason for him to physically assault me. If I had committed any wrong doing in course of the duty then my senior officer (DSP Rajaure) should have called me to the office and taken action. I demand action be taken against him for abusing his authority by assaulting me in public space.” However, DSP Rajaure has refuted the allegations leveled against him saying that he had just scolded the constable on duty. Furthermore, Mid-Western Regional Police Chief DIG Bijaya Lal Kayastha expressed anger towards the complainant saying that the woman constable is turning a mountain out of a mole. He responded to the incident in an irresponsible manner DIG Kayastha said, “It looks like she needs to be taught a lesson.” Meanwhile, Kunwar’s colleagues have expressed their dissatisfaction over the department’s failure to probe the incident and being indulged in the protection of the accused. सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको भन्दै दैलेखमा एक महिला प्रहरीले आफ्नै हाकिमविरुद्ध उजुरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रेखा कुँवरले डीएसपी केदार रजौरेविरुद्ध उजुरी दिएकी हुन्। आफूमाथि दुर्व्यवहार गर्ने डीएसपी रजौरेलाई कारबाहीको माग गर्दै उनले अञ्चल प्रहरी कार्यालय भेरी बाँकेमा उजुरी दिएकी छन्। ड्युटीमा रहेका बेला गत आइतवार आफूमाथि दुर्व्यवहार भएको आरोप रेखाले लगाएकी छन्। म्यादी प्रहरी भर्ना गर्नेक्रममा स्थानीय टुँडिखेल चौरमा डीएसपी रजौरेले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले कारबाहीको माग गर्दै अञ्चल प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्। उजुरीमा रेखाले आफूलाई विना गल्ती डीएसपी रजौरेले चुल्ठो समातेर कुटपिट गरेको उल्लेख गरेकी छन्। विना कारण आफूमाथि सार्वजनिक स्थलमा सयौं सर्वसाधारणको अगाडि दुर्व्यवहार गर्ने डीएसपीमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ। इलाका प्रहरी कार्यालय नौमुलेमा दरबन्दी भए पनि उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। म्यादी प्रहरी भर्नाको क्रममा निकै भीडभाड भएको र भीड नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आफूमाथि डीएसपीले दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरिएको छ। उजुरी पत्रमा लेखिएको छ,‘मैले विना कारण दुर्व्यवहार भोग्नु परेको छ, मेरो चुल्ठो समातेर घुच्चुकमा हान्नुभयो । सार्वजनिक स्थलमा भएको यो कार्यले मेरो अपमान भएको छ, त्यसकारण तत्काल डीएसपी रजौरेमाथि कारबाही गरिपाऊँ।’ तीन हजार सर्वसाधारणको अगाडि आफूमाथि अपमान हुनेगरी हातपात भएको भन्दै उनले कारबाहीको माग गरेकी हुन्। उनले भनेकी छन्,‘कर्तव्य पालना गर्दा कुनै गल्ती भए, कार्यालयमा बोलाएर सजाय दिनुपथ्र्यो । तर सार्वजनिक बेइज्जत हुनेगरी मलाई कुटियो, यो पदको दुरुपयोग नै हो।’ आफू महिला भएकै कारण हेपेर डीएसपीले दुर्व्यवहार गरेको र पदको समेत दुरुपयोग गरेर भ्रष्ट्राचार गरेकाले रजौरेमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ। आफ्नै हाकिमविरुद्ध कारबाहीको माग गरेर उजुरी दिएपछि उनीमाथि थप धम्की दिनेक्रम बढेको उनका सहकर्मीले बताएका छन्। संगठनको आन्तरिक विषयलाई बाहिर ल्याएको भन्दै माथिल्लो निकायले उनलाई थप मानसिक तनाव दिइरहेको अन्य सहकर्मी महिला प्रहरीले बताए। आफूहरु डीएसपीको व्यवहारबाट हैरान भएको भन्दै उनीहरुले यो घटनामा दोषीलाई बचाउन संगठनको माथिल्लो निकायले नै प्रयास गरिरहेको गुनासो गरे । साथै उजुरीमा पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । पदीय आचरण विपरीत दुर्व्यवहार गर्ने डीएसपीलाई सजाय हुनुपर्ने उनीहरुको माग छ। रेखाले मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रलाई समेत उजुरी बोदार्थ पठाएकी छन्। आरोप लागेका डीएसपी रजौरले भने यो अनावश्यक हल्ला मात्र भएको प्रतिक्रिया दिए। उनले भने,‘मैले कसैलाई दुर्व्यवहार गरेको छैन, मलाई यो बारेमा केही जानकारी पनि छैन। उजुरी म कहाँ आउनुपर्‍याे नी? अनावश्यक आरोप लगाउन मिल्दैन।’ यता अञ्चल प्रहरी कार्यालय भेरीले घटनाको तत्काल छानविन हुने जनाएको छ। कार्यालयका एसएसपी महेशविक्रम शाहले भने,‘हामी कहाँ उजुरी आएको छ, यो घटनाको तत्काल छानविन हुन्छ। छानबिन समिति गठन हुँदैछ, दोषी देखिएमा सजाय हुनेछ।’ बिहीवार मात्र उजुरी दर्ता भएको भन्दै उनले अन्यायमा परेका जोसुकैको आवाज सुन्न आफुहरु तयार रहेको बताए। उनले भने,‘कसैले पनि पदको दुरुपयोग गर्नु हुँदैन, संगठनभित्र अन्यायमा परेकाहरुलाई हामी न्याय दिन प्रतिबद्ध छौं।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Saptari

0 Comments