Cadres of the United Democratic Madhesi Front on Sunday have staged a sit-in in before the Parsa District Election Office in Birganj for 2 hour, expressing their dissatisfaction over the local level elections slated for May 14.
The protesters staged the protest at the District Election Office. Day-to-day activities at the offices were disrupted due to the protest.
संयुक्त मधेसी मोर्चाले पर्सा र बारा जिल्लाको निर्वाचन कार्यालय घेराउ गरेको छ। मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लास्तरीय मोर्चाका नेता कार्यकर्ताहरूले कार्यालय घेराउ गरेका हुन्। बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म मोर्चाले दुई घण्टा निर्वाचन कार्यालय घेराउ गरेको हो।
निर्वाचन कार्यालयमा भइरहेको काम ठप्प पारेर कर्मचारीहरू बाहिर निस्केपछि मोर्चाका कार्यकर्ताहरूले नाराबाजी बन्द गरेका थिए। संविधान संशोधनबिना निर्वाचन गर्न पाइँदैन, वर्तमान सरकार मुर्दाबाद नारा लगाएका थिए। मधेसी मोर्चाले पार्टी कार्यालयबाट निकालेको विरोध र्याली राधेमाईस्थित निर्वाचन कार्यालयमा पुगी धर्नामा परिणत भएको थियो।
घेराउ कार्यक्रममा मोर्चाका स्थानीय नेताहरू प्रदीप यादव, करिमा बेगम, वीरेन्द्र यादव, प्रेमबाबू पटेल, रेखा साह, मालती कुशवाहा, रमेश यादव, ओमप्रकाश सर्राफ, विपिन यादव, ईश्वर यादवलगायतको सहभागिता थियो। बारामा पनि मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ गरेका थिए। निर्धारित समय दुई घण्टा मोर्चाका कार्यकर्ताले कार्यालय घेराउ गर्दै नाराबाजी गरेको तमलोपाका महासचिव जीतेन्द्र सोनलले बताए।
यसैबीच मोर्चाले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै ३१ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। घोषित कार्यक्रम अनुसार वैशाख ५ गते सदरमुकामलगायत प्रमुख स्थानमा मसाल जुलुस, ७ गते जिल्लाका प्रमुख स्थानमा लाठी, सिटी जुलुस, ९ गते जनकपुर, उदयपुर, वीरगंज, काभ्रेमा आमसभा, १० गते विराटनगर, भैरहवा, पाल्पामा आमसभा, ११ गते नेपालगंज, बिर्तामोड, काठमाडौंमा आमसभा, १२ गते धनगढी, धरान, पोखरामा आमसभा, १३ गते गाउँ, शहर, सदरमुकाममा लाठी जुलुस, १४ गते सदरमुकाममा मसाल जुलुस, १५ गते मधेस, थरूहट, लिम्बुवान बन्द, १६ गते नेपाल बन्द, १९ गते मतदान केन्द्रमा लाठी जुलुस प्रदर्शन, २६ गते जिल्लाभरि मसाल जुलुस, २७ गतेदेखि आमहडताल एवं अनिश्चितकालीन नेपाल बन्दको निर्णय गरेको मोर्चाका प्रवक्ता डा. ओम गुरुङले जनाएका छन्।