United Democratic Madhesi Front on Thursday staged Laathi Julush (demonstration) in Chandrauta of Kapilbastu district as a part of Federal Alliance's natoin-wide protest program calling for boycott of local level election. The demonstration which started at 3:00pm with Morcha cadres carrying Laathi in their hands converged into an assembly after circling around the town. Speaking at the mass assembly Member of Parliament from Federal Socialist Forum Party Nepal Abhishek Pratap Shah, central member of Sadbhawana party Rabidatta Mishra, Tarai Madhes Democratic Party central member Ishwor Dayal Mishra among others stated that they would not allow local elections to be held until their demands were fulfilled.
स्थानीय निकायको चुनाव बहिस्कार गर्नुपर्ने भन्दै संयुक्त मधेशी मोर्चाले कपिलवस्तुको विहीबार चन्द्रौटामा लाठी जुलुस निकालेका छन् ।
हातमा लाठी लिएर साँझ ३ बजे निकालिएको जुलुस चन्द्रौटा बजार परिक्रमा गरी चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा संघीय समाजबादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाह, सद्भावना पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्र, तमलोपाका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ईश्वर दयाल मिश्र लगायतले सम्बोधन गरेका थिए ।
नेताहरुले सरकारको आलोचना गर्दै स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने बताएका थिए । लाठी जुलुसमा संयुक्त मधेशी मोर्चाका केन्द्रिय तहदेखि जिल्ला तहका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको विरोधमा मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।