Incident Reports

Police intervene in Morcha's Laathi rally in Dhanusha

2017-04-20

Madhes, Dhanusha, Janakpur

The Federal Alliance alligned United Democratic Madhesi Front staged Laathi Julush (demonstration) in Dhanusha as a part of the Alliance's nationwide protest program against the local level election and newly registered constitution amendment proposal. A minor scuffle ensued after police tried to intervene at the Alliance's demonstration in Ramananda Chowk. The demonstration converged into mass assembly at Janak Chowk after circling the town. Speaking at the mass assembly local leaders iterated that they would not participate in any election before their demands were fulfilled. They also stated that the current amendment proposal registered by the government at parliament had not addressed the demands of Madhesi people. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनद्धारा जनकपुरमा निकालिएको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । लाठी जुलुस निकाल्ने क्रममा प्रहरीले स्थानीय रामानन्द चौकमा हस्तक्षेप गरेको थियो । यद्यपी, मोर्चाका कार्यकर्ताहरुले प्रहरीको हस्तक्षेपको बीच प्रर्दशन गरेका थिए । प्रहरीले हस्तक्षेप गर्दा मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच सामान्य झडप भएको थियो । व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयक तथा स्थानीय तह निर्वाचनको विरोधमा मधेसी मोर्चासहित गठबन्धनले विहीबार जनकपुरको रामानन्द चौकबाट लाठी जुलुस प्रर्दशन गरेका थिए । रामानन्द चोकबाट निस्केको जुलुसले वर्तमान सरकारको विरोधमा नाराबाजी गर्दै नगरको विभिन्न भागमा परिक्रमा गरी जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै मोर्चाका स्थानीय नेताहरुले संविधान संशोधनभन्दा अगाडी हुने कुनै पनि निर्वाचन आफूहरुलाई मान्य नहुने बताएका थिए । सरकारले जवरजस्ती स्थानीय तहको निर्वाचन गराउने प्रयास गर्यो भने मधेसमा कुनै पनि हालतमा सफल हुन नदिने उनीहरुले चेतावनी समेत दिएका छन् । संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकमा मधेसको एजेन्डा सम्बोधन नै नगरिएको उनीहरुको दावी छ । मोर्चाले जनकपुरसहित महोत्तरी, सिरहा, सप्तरी सहितका जिल्लाहरुमा पनि लाठी जुलुस प्रर्दशन गरेको हो । त्यसैगरी मोर्चाको पूर्वघोषित कार्यक्रम अनुसार शनिबार स्थानीय तिरहुतिया गाछीमा विरोधसभाको आयोजना गरिने समेत जनाईएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments