Incident Reports

Man arrested on charge of human trafficking

2017-04-20

Police have rescued three women aged ranged from 22 to 41 from the Behalya check post on the evening of April 19. According to the police, they were being trafficked to Kuwait through India. Police have also arrested one person on charge of human trafficking. All women were pretexted for a better job according to the police. SI Bhawani Prasad Dhamala of DPO Rupendehi said that Sharmila Misra, 33 of Mangalpur-5 has been taken into custody for her involvement in human trafficking. All women were travelling without any documents including passport according to the police. Reema BC २२ वर्षीया, ४२ वर्षीया र ४१ वर्षीया तीन जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट वैशाख ६ गते साँझ उद्दार गरी एक जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितले विभिन्न प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । घटनाको आरोपमा प्रहरीले चितवन मङ्गलपुर-५ की ३३ वर्षीया शर्मिला मिश्रालाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सई भवानीप्रसाद धमलाले बताए । कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएको र आरोपित र पीडितबीच राम्ररी चिनजानसमेत नभएकोले बेचबिखनका लागि लैजान थालेको सई धमलाले बताए । रीमा बि.सी

0 Comments