According to the Saptari District Representative Manohar Kumar Pokhrel, The Madhesi Morcha cadre have protested against the constitution amendment bill brought forward by the government. The cadres have organized demonstration in Rajbiraj by holding Lathis on their hands.
The procession started from Harinandeshwor temple and rounded the city before changing into triangle assembly at Sahid Dashan Chok. Speaking at the assembly, the leaders warned to obstruct the upcoming local level election.
Morcha’s district coordinator Dinesh Yadav said that the demonstration and protest along with Lathi was organized in KAnchanrup, Rupani, Pato, Bode, Basain, Kalyanpur, Hanuman Nagar including many other places.
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयकको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजविराजमा वैशाख ७ गते लाठी जुलुस निकालेको छ ।
स्थानीय तह निर्वाचनको विरोधमा हरिनन्देश्वर महादेव मन्दिरबाट निस्किएको जुलुस नगर परिक्रमा पश्चात शहीद दशन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा मोर्चाका नेताहरूले संविधान संशोधन बिना हुने स्थानीय चुनाव बिथोल्ने चेतावनी समेत दिए ।
मधेशी मोर्चाले जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने, संविधानको धारा २ सय ७४ तत्काल संशोधन गरी सिमाङ्कनसम्बन्धी आफूहरूको माग सम्बोधन गर्ने आधार तयार गर्नुपर्ने लगायतका माग सम्बोधन नभएसम्म स्थानीय तहको निर्वाचन हुनै नदिने जिकीर गर्दै विरोध प्रदर्शन गरिरहेको छ ।
मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार सप्तरीको कञ्चनरूप, रूपनी, पातो, बोदे बर्साईन, कल्याणपुर, हनुमाननगर बजारलगायतमा लाठी जुलुस निकालिएको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले बताए ।