Incident Reports

घरनिकाला गरिएकी महिलाद्वारा प्रहरीमा उजुरी l

2013-05-12

Bibek Dhungana काठमाडौँ । वैशाख ३० गते घरनिकाला गरिएकी काठमाडौँ काँडाघारी घर भइ हाल माइतीघर ललितपुर इमाडोलमा बस्ने ३१ वर्षीया तारा प्रसार्इँले महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा वैशाख २९ गते उजुरी दिएकी छिन् । पति २९ वर्षीय लक्ष्मण प्रर्साई, सासू ६५ वर्षीया सीता प्रर्साई र देवर शत्रुधन प्रर्साईले आफूलाई विभिन्न आरोप लगाई कुटपिट गरी वैशाख २२ गते घरबाट निकालेको पीडितले बताइन् । घटनाका बारेमा अनुसन्धान भइरहेको सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis