Incident Reports

Rape attempt over female employee

2017-03-23

Madhes, Saptari, Rajbiraj

There has been a revelation that Executive Assistant of Mahuli Community Microfinance attempted rape on a female employee. Shah has been punished with salary deprivation, promotion deprivation etc because of the same. An administrative team of 5, led by Saroj Kumar Singh was responsible for the investigation. As per Chaudhary, warning has already been given to Shah that if found guilty, he will be be a part of severe punishment. It is also said that when Shah found that the female employee was alone and all other employees have left, he tried to take advantage of the situation. It is learnt that accused Shah proposed his employee to have sex with him on March 23 when she was alone in the office and when she refused to do so, Shah push her down tried to rape her. It is also reported that Shah is a resident of Surunga Municipality, Saptari. महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ। संस्थाले आरोपित साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र सोमबार थमाए पछि घटनाको खुलासा भएको हो।पीडितले प्रहरीमा उजुरी नगरी संस्थामा मात्र उजुरी दिएकोले घटना सार्वजनिक भएको थिएन्। संस्थाको प्रशासन तथा लेखा विभाग प्रमुख प्रबन्धक सरोजकुमार सिंहको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा साहलाई आचारण विपरीत काम गरेको ठहर गर्दै कारवाहीको भागिदार बनाएको प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरीले बताउनुभयो। चौधरीका अनुसार आगामी दिनमा महिला वा अन्य कर्मचारीसँग असल, मर्यादित व्यवहार नगरेको पाइए साहलाई कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ।कोठामा एक्लै भएको मौका छोपी पुगेका साहले गत चैत १० गते बिहान कार्यालय सहयोगी २३ वर्षीया पीडितलाई तिमी कति राम्री भन्दै यौन सम्पर्कको लागि प्रस्ताव राखेका थिए। तर, महिला कर्मचारी अस्विकार गरेपछि उनलाई नियन्त्रणमा लिई ओछ्यानमा लडाएर बलात्कार प्रयास गरेको पीडितले बताउनुभयो। महिला कर्मचारीमाथि अनुचित व्यवहार गरेको भन्दै महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि. ले सहायक अधिकृत भगवानी साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र। कार्यालयका अन्य कर्मचारीहरु फिल्ड गएको थाहा पाएर कार्यालयसँगै रहेको महिला कर्मचारीको निवासमा पुगेका साहले गरेको बलात्कार प्रयासको प्रतिकार गर्दै पीडितले होहल्ला गरेपछि साह भागेको महिला कर्मचारीले जानकारी दिनुभयो। बकधुवा-९ महुली केन्द्रीय कार्यालय रहेको उक्त बित्तिय संस्था नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त घ वर्गको बित्तीय संस्था हो।सहायक अधिकृत ४५ वर्षीय साहको घर सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा श्रीपुर हो। उनका एक श्रीमति दुई छोरा र एक छोरी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments