Incident Reports

Biplov cadres held for conducting anti-election activities in Jumla

2017-05-02

Police arrested Nepali Communist Party cadre quoting potential security threat to an upcoming local level election. Thus arrested has been identified as NCP Karnali bureau member and district incharge Chandra Bir Tiruwa (RaviKiran) from Khalanga on May 2. According to NCP's Karnali district secretary Birkha Bahadur Shahi,Ravi Kiran was arrested from his residence in Khalanga. Biplav led group has been protesting against the local level election. As per Election Educator Krishna Kaura Shahi,the group has been tearing off election related posters and pamplets and replacing them with posters about boycotting the local level election. निर्वाचनलाई असर पर्नसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार सदरमुकाम खलंगाबाट नेकपाका कर्णाली व्युरो सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा(रविकिरण)लाई नियन्त्रणमा लिएको हो । नेकपाका जिल्ला सेक्रेटरी विर्खबहादुर शाहीका अनुसार सदरमुकाम खलंगास्थित बस्ने कोठाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । रविकिरणको रिहाइको माग गरिएको छ । विव्लव समूहले स्थानीय तहको निर्वाचन आवश्यक छैन र जनमुखी निर्वाचन नभएको भन्दै आफुहरुले विरोध गर्दै आईरहेको सेक्रेटरी शाहीको भनाइ छ । निर्वाचन शिक्षा कार्यकर्ता कृष्णकौरा शाहीका अनुसार विप्लव समुहका कार्यकर्ता निर्वाचन प्रचारप्रसार सामाग्री टाँसेका पम्प्लेट च्यातेर स्थानीय तहको चुनाव बहिष्कार लेखेका पम्प्लेट टाँस्ने गरेका छन् । त्यसैगरी निर्वाचन शिक्षा कार्यकर्ता रतनबहादुर रावतले टाँसेका निर्वाचन सामाग्री विप्लव कार्यकर्ताले च्यातेर फालिदिने गरेको बताउनुभयो । प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले स्थानीय तहको निर्वाचन विरोध गर्दै आईरहेका विप्लव समूहका जिल्ला इन्चार्ज रविकिरण तिरुवालाई सदरमुकामबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 'शान्तिपूर्ण भेला, जनतासँग छलफल गर्ने कार्यप्रति नै प्रतिवन्द लगाउने निरंकुशतावादी सोच र शासन शैलीले राणा शासनको झल्को दिएको छ। यस्ता फाँसीवादी शासन सत्ता इतिहासमा कंही पनि टिकेको छैन र टिक्ने पनि छैन'सेा पार्टीले भनेकेा छ 'दमन र गिरप्तारीले झन् विद्रोह जन्माउँछ, निरंकुश सत्ताको आयु छोट्याउँछ। यो शासन सत्तामा रहेकाहरुले हेक्का राखेहुन्छ। उक्त बिना कारण गिरप्तार गरिएका सम्पूर्ण कमरेडहरुको यथाशिर्घ रिहाईका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ।हाम्रो आग्रहलाई वेवास्ता गरिए जस्तो सुकै परिस्थितिको जन्म हुनसक्छ।त्यसको भागिदार राज्यपक्ष स्वयं हुनुपर्नेछ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments