Incident Reports

राति छोरीसँगै सुतेकी आमाको कुटीकुटी हत्या [Updated]

2017-05-03

Madhes, Saptari, Shambhunath

भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव, सितापुर भङ्गाहा-९ की ३७ वर्षीया अमृतादेवी र लोहारपटी-१ सुखैनीयाका २८ वर्षीय जिवरुल राईन कवारीलाई साउन ३ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार शिला देवीको शव वैशाख २० गते दुवै हात सारीले बाधेको अवस्थामा फेला परेको थियो । घटनाको झण्डै तीन महिनापछि प्रहरीको खोज तलास र अनुसन्धानबाट आरोपितहरूलाई गिरफ्तार गर्न सफल भएको एसपी लम्सालले बताए । मृतकका पति विगत १५ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । शवको प्रकृति मुचुल्का उठाईसोही दिन जलेश्वर अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments