An unidentified group has attacked a vehicle parked within the residence of Nepali Congress' mayoral candidate for Khairahani Municipality with a petrol bomb.
District Police Office, Chitwan's Deputy Superintendent of Police (DSP) Deepak Shrestha said the group hauled the bomb at the Scorpio SUV (Ba 8 Cha 1562) parked at the residence of Rajendra Prasad Chaudhary in the night.
The bomb failed to detonate sparing a bigger loss of property. The vehicle's front window pane cracked in the attack.
खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।
बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उनले बताए । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो ।
चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ । रासस