Incident Reports

विप्लव माओवादीको आक्रमणबाट सात प्रहरी घाइते

2017-05-06

Karnali, Kalikot, Raskot, Ward 7

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को आक्रमणबाट कालिकोटमा सात जना प्रहरी घाइते भएका छन्। प्रहरीको एक थान हतियार पनि भाँचिएको छ। घाइते मध्ये एक जना प्रहरीलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ । राष्टकोट नगरपालिका–७ पुच्छेगाउँमा नेकपाले निर्वाचन विरोधी गतिविधी गरिरहेको खवर पाएपछि गतिविध नियन्त्रण गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो। इलाका प्रहरी कार्यालय स्यूनाका इन्चार्ज असई कर्णबहादुर चन्दको नेतृत्वमा शुक्रबार दिउँसो १२ बजेतिर गएको प्रहरी टोलीमाथि आक्रमण भएको थियो। विप्लवका कार्यकर्ता र प्रहरीबीच बेलुका पाँच बजेसम्म मच्छेगाउँमा झडप भएको स्थानीयले बताए । विप्लवका कार्यकर्ता र गाउँलेले ढुङ्गामुढा गरेको प्रहरीले जानकारी दिएको छ। घाइते मध्ये असई चन्दको आँखामा चोट लागेको छ । उनीसहित चार छ जनाको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । गम्भीर रहेका एक प्रहरी जवानलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विजयलाल कायस्थले विप्लवका एक नेतालाई पक्राउ गर्न जाँदा घटना भएको बताए । ‘विप्लवका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दा केही प्रहरी घाइते हुनुका साथै एउटा हतियार भाँचिएको छ’ उनले भने, ‘अहिले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरेका छौं।’ विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य भरत बम ‘रणवीर’ ले भने विवाह भइराखेको स्थलमा आएर आफूहरुलाई पक्राउ गर्न खोज्दा घटना भएको बताए। ‘हाम्रा केन्द्रीय सदस्य कर्ण भण्डारीको छोराको विवाह भइराखेको थियो, प्रहरी आएर त्यसलाई विथोल्न थालेपछि घटना भएको हो’ उनले भने, ‘विवाहमा उपस्थित स्थानीयहरुले प्रतिकार गर्दा केही प्रहरीसहित हतियार भाँचिएको हो।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Reports