Incident Reports

चुनाव विरोधी गतिविधि गरेको भन्दै विप्लवका तीन कार्यकर्ता पक्राउ

2017-05-06

RSS सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर–७ का जुद्ध बहादुर विश्वकर्मा, कमलामाई नगरपालिका–२ का सुजन श्रेष्ठ र हरिहरपुरगढी गाउँपालिकाका बोधराज घिमिरेलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहोराले जानकारी दिए । (रासस) उनीहरुले विभिन्न स्थानमा चुनाव विरोधी गतिविधि गरेको जानकारी आएपछि पक्राउ गरिएको बोहोराले बताउनुभयो । उहाँका अनुसार तीनैजनालाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही हुनेछ । उनीहरुले मनोनयन दर्ताको काम सकेर चुनावी प्रचारप्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जवर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने, चुनावी प्रचार प्रसार नगर्न र बन्द गर्न धम्की दिनेलगायतका काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports