Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा माओवादी केन्द्रको चुनावी सभामा रोक

2017-05-04

Karnali, Kalikot, Sanni Tribeni

माओवादी केन्द्रले जिल्लाको सान्नी त्रीवेणी गाउँपालिकाको मुम्रा गाउँमा सञ्चालन गरेको चुनावी अभियानलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख २१ गते रोक लगाएका छन् । माओवादी केन्द्रका सोही गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलिप शाहीको नेतृत्वमा चुनावी घरदैलो अभियानमा आएको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्माणको नेतृत्वमा ३०/४० जनाको समूहमा आएका व्यक्तिले रोक लगाएको माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश केसीले आरोप लगाए । शान्तिपूर्ण चुनावी आभियानलाई कालो झण्डा देखाउनुका साथै गाउँमा जान रोक लगाइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य केसीले बताए । जनतालाई धोका दिएकाले स्थानीय जनताले गाउँमा पस्न रोक लगाइएको विप्लवद्वारा गठित जिल्ला जनसरकार कालिकोटका प्रमुख मनिलाल एडीले प्रतिक्रिया दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र खड्काले कार्यक्रममा रोक लगाएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports