Incident Reports

एमालेको चुनावी आमसभामा कांग्रेसद्वारा आक्रमण

2017-05-08

Gandaki, Syangja, Chapakot, Ward 6

बुद्धिमान श्रेष्ठले घरदैलो कार्यक्रम गरिरहेका बेला एक्कासी आक्रमण भएको हो । सोही नगरपालिकाको कांग्रेस तर्फका मेयरका उम्मेदवार शिव गिरी एउटा गाडीमा र उनका अन्य कार्यकर्ता अर्को गाडीमा बाटो हिड्ने क्रममा कांग्रेसका कार्यकर्ताले विना कारण खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी स्थानीय निरबहादुर थापाले बताए । स्थानीय प्रशासनमा र प्रहरीमा पहिलेदेखि नै सुरक्षाको विषयलाई लिएर लिखित सूचना दिएको भएतापनि सुरक्षा मजबुद नहुँदा कांग्रेस कार्यकर्ताको खुकुरी प्रहार गरी चार जना घाइते बनाएको उनले बताए । उनका अनुसार घाइते हुनेहरुमा स्थानीय डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम विक र बेलबहादुर विक रहेका छन् । उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् । खुकुरी प्रहारको कारण भने खुल्न नसकेको एमाले नेताहरुको भनाई छ । उनीहरुका अनुसार स्थानीय अनिल नेपालीको घरमा एमालेले चुनाव अवधिसम्मको लागि सम्पर्क कार्यालय खोलेकाले घर एमालेलाई दिएको भन्ने मुख्य बहाना हुन सक्ने बताइएको छ । सोही क्रममा कांग्रेस कार्यकर्ता धीरज खाँडलाई खुकुरी सहित प्रहरीले पक्राउ गरेको छ । एमाले कार्यकर्ताले खुकुरीको खोल लगेर प्रहरीलाई बुझाएपछि मात्र प्रहरीले नांगो खुकुरी सहित खाँडलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले रत्नपुरले जनाएको छ । रत्नपुर इलाका प्रहरी प्रमुख बालबन्धु बस्नेतका अनुसार झगडापछि भाग्ने क्रममा खुकुरी सहित खाँडलाई पक्राउ गरिएको हो । स्थानीय चुनावलाई मध्य नजर राख्दै शान्ति सुरक्षा कायम राख्न गाउँभरी सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको र जाँच गर्ने क्रममा नै खुकुरी सहित खाँड पक्राउ परेको उनले बताए । चुनाव नजिकिँदै गर्दा राजनीतिक विषयलाई लिएर दलहरु एक आपसमा झगडा गरिरहँदा गाउँमा क्रासैक्रास रहेको र सुरक्षा स्थिति मजबुद बनाउन स्थानीयहरुले थप प्रहरी समेत माग गरेको बताएका छन् । विगतदेखि नै चुनावमा बुथ कव्जा गर्ने, खुकुरी र पेस्तोलको क्रासमा भोट हाल्नुपर्ने बाध्यताले गर्दा स्थानीयबासीहरुले आफूलाई पहिलेदेखि नै असुरक्षित महसुश गरेको गाउँलेहरुको भनाई छ । यता कांग्रेस निकट तरुण दलका जिल्ला अध्यक्ष प्रकाश मल्लले कांग्रेस कार्यकर्ता विश्वास मल्लले रुख चिन्हको टिसर्ट लगाएर मोटरसाइकलमा रुखको झण्डा राखेर हिँड्ने क्रममा एमाले कार्यकर्ताले मोटरसाइकल रोकेपछि झगडा सिर्जना भएको बताएका छन् । नाम नबताउने सर्तमा एक स्थानीय व्यक्तिले भने, ‘०७० सालमा संविधान सभाको भोट खसाल्न जादा पनि मतदाताहरुले स्वतन्त्रपूर्वक मत खसाल्न पाएका थिएनन् । केही उच्छृंखल व्यक्तिहरुको समूहले खुकुरी र अन्य हतियार देखाई कुनै पार्टी विशेषको चुनाव चिन्हमा छाप लगाउन धम्की दिने गरेका हुन् । अहिले पनि समस्या उस्तै छ ।’ विगतदेखि नै शान्ति सुरक्षामा जोखिम रहेको यो क्षेत्रमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन आवश्यक देखिएको एमाले निकट एक नेताले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments

Related Reports