Incident Reports

सालझण्डीमा एक युवाको हत्या, जंगलमा भेटियो शव

2017-05-07

Lumbini, Rupandehi, Sainamaina, Ward 11

रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या भएको छ । टेन्सबर्ग बियरको फ्याक्ट्रीको माकेर्टिङ गर्दै आएका गुल्मी बलेटक्सार घर भएका २५ बर्षीय दामोदर केसीको हत्या भएको हो । हत्यापछि जंगलमा रैनीको रुखमा झुन्ड्याइएको अबस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । केसीको मुखमा उनले नै लगाएको गन्जी कोचिएको र हात खुट्टा डोरीले बाधेर झुण्ड्यनएको अवस्थामारुपन्देहीको सालझण्डी ११ उत्तरबगौली जंगलमा उनको शव भेटिएको हो । उनी आइतबार टेन्सबर्गमा ड्युटी सकेर घर नर्फकेपछि केसीका दिदी भिनाजूले प्रहरीलाई खबर गरेका थिए । केसी आफ्ना दिदी भिनाजूसँग बुटवल १२ ढवाहामा बस्दै आएका थिए । केसीको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Reports