Incident Reports

विप्लवका कार्यकर्ता बमसहित चितवनबाट पक्राउ

2017-05-09

Bagmati, Chitawan, Bharatpur, Ward 4

प्रहरीले चितवनको भरतपुर महानगरपालिका-४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । प्रहरीले आज विहान उक्त समूहको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङ्गलाई पक्राउ गरेको हो । सैन्य दस्ता सहकमाण्डार राई निर्वाचन विरोधी गतिविधीका लागि चितवन, धादिङ्ग, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको चार समेत बरामद गरेको छ । यस्तै सानो परिणाममा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठी लगायतका बन्दोबस्तीका सामाग्री पनि बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रमुख थापाले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Makwanpur , Local Newspaper - Dhanusha

0 Comments

Related Reports