The cadres from CPN Maoist centre have attacked and injured two cadres from CPN UML at Dudhauli Municipality-4 at their own house according to District Police Office.
In an attack, Rupak Khadka and Rupa Khadka of Dudhauli Municipality-4, Dakaha were injured.
According to SP Umashanker Panjiyar of DPO, Roshan Adhikari Danuwar, son of Maoist district incharge Bisam Lal Adhikari had beaten the cadres of UML on May 9 over a dispute regarding the election. The accused is at large and police is searching for him.
The injured received preliminary treatment and were referred to Kathmandu as a injury is serious according to Mahendra Shrestha vice-secretary of CPN UML Sindhuli.
दुधौली नगरपालिका-४ दुधौलीमा नेकपा एमालेका दुई जना कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घरमै गएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कुटपिटबाट दुधौली नगरपालिका-४ डकाहा निवासी एमाले कार्यकर्ता रुपक खड्का र रुपा खड्का घाइते भएका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज विषमलाल अधिकारी दनुवारका छोरा रोशन अधिकारी दनुवारले वैशाख २६ गते साँझ स्थानीय तह निर्वाचनको विषयलाई लिएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका एसपी उमाशङ्कर पञ्जियारले बताए । घटनामा संलग्नलाई खोजी गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको प्रारम्भिक उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको र गम्भीर घाइते भएका कारण थप उपचारका लागि काठमाडौँ लगिने नेकपा एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले बताए ।