Incident Reports

विद्यार्थी कुटिए

2017-05-04

Province 1, Jhapa, Arjundhara, Ward 4

विद्यालयहरु बालमैत्री हुनुपर्छ भन्ने अभियान चलिरहँदा झापाको अर्जुनधारा मा रहेको एक सामुदायिक विद्यालयमा भने शिक्षकद्वारा विद्यार्थी कुटिएको घटना सार्वजनिक भएको छ । अर्जुनधारा-३ स्थित जनता माध्यमिक विद्यालयमा निजी श्रोत अन्तर्गत प्राथमिक तहमा अध्यापन गराउने शिक्षक सन्तोष बराइलीले कक्षा २ मा अध्ययनरत १० वर्षीय विद्यार्थी उमेश राईलाई कुटेको बताइएको छ । पिडित राईका अनुसार गत बिहिबार कक्षा कोठामा आफ्नो सहपाठी शम्भु लामिछानेलाई गृहकार्य नगरेको कारण शिक्षक बराइलीले कुट्ने क्रममा गृहकार्य बुझाउन गएका विद्यार्थी राईलाई शिक्षकको लठ्ठीले लागेको बताइएको छ । हाल बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचाररत् राईको बाँया खुट्टामा लट्ठीले लागेको भागमा रगत जमी इन्फेक्सन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । विद्यार्थी कुट्ने शिक्षकको विषयमा व्यवस्थापन समितिको बैठकबाट आवश्यक कारवाही गरिने र हाललाई भने सो शिक्षकलाई अध्यापनमा रोक लगाइएको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments