Incident Reports

पुर्वसभासद्को हत्या l

2013-05-20

Manohar Pokhar सप्तरी । जेठ ७ गते कल्याणपुर गाविस-२ विसनपुर निवासी ५५ वर्षीय शदरुलमियाँ हकको ०७० जेठ ६ गते राति अज्ञात समूहले हत्या गरेको छ । खोजपुर गाविस-७ स्थित हुमा आयल ट्रेर्डसका मालिक तथा विगठित संविधानसभाका सभासद् समेत रहेका हकका लास उनकै पेट्रोल पम्पनजिकै रहेको उनको घरको दोश्रो तलामा घाँटीमा धारिलो हतियारले रोपेर हत्या गरेको अवस्थामा ०७० जेठ ७ गते बिहान ८ः३० बजे परिवारका सदस्यहरूले फेला पारेका थिए । छिमेकी रामेश्वर शाहकी छोरीको विहेको भोज खाएर पेट्रोल पम्पमा राति स २ प ८५८३ नं को मोटरसाइकल चडेर सुत्न गएका हक आज बिहान अवेरसम्म घर नआएपछि परिवारले उनको खोजी गर्दा उनलाई मृत फेला पारेका हुन् । मृतकको हातमा पनि चोटपटक रहको इलाका प्रहरी कार्यालय रुपनीका सई बदन प्रधानले बताए । हकको भिडन्तमा मृत्यु भएको आशंका प्रहरीले गरेको छ । हत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यापछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम लोकमार्ग विभिन्न ठाउँमा अवरुद्ध पारेका छन् भने राजविराजमा बजार बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । नेपाल प्रहरीका एसपी संजयसिंह बस्नेत र सशस्त्र प्रहरीका एसपी बेचन यादवको नेतृत्वमा घटनास्थलमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । मृतक हक विगठित संविधानसभाको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेद्ववारका रुपमा विजयी भएका थिए । मनोहर पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis