Incident Reports

रामेछापमा माओवादी र एमाले कार्यकर्ताबीच झडप

2017-05-13

Bagmati, Ramechhap, Doramba

रामेछापको दोरम्बा गाउँपालिका-४ गौश्वारामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । झडपमा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । दोरम्बा गाउँपालिकाको गौश्वारको खारपानीमा दुई पक्षबीच झडप हुँदा माओवादी केन्द्रका ६ जना कार्यकर्ता घाइते भएको प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक कमोद ढुँगेलले जानकारी दिए । घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर छन् । सो झडपमा देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर पनि घाइते भएका छन् । घाइतेहरुलाई शनिबार बिहानै हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ । रामेछापको रामेछाप नगरपालिकाको गोठगाउँमा पनि काँग्रेस माओवादी र एमालेकाबीचमा विबाद भएको छ । विवादमा संलग्न भएको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-१ का एमालेका वडा अध्यक्षका उम्मेदवार नरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएकोमा शनिबार विहान छाडिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Reports